जर्नादन शर्मा भन्छन् :अब वामपन्थीको सरकार अनि ढुक्कले विकास निर्माण (फोटो फिचर)
२२ कात्तिक, २०७४
काठमाडौं, कात्तिक २२ । माओवादी केन्द्रका जर्नादन शर्मा नेता प्रभाकरले आफुलाई काम भारी वोकाउन आव्हान गरेका छन्। अवको ५ वर्षभित्र आफुले गर्नुपर्ने कामको लागि आफु सुझाव माग्न आएको वताउँदै उनले निर्वाचन जित्नु ठुलो कुरा नभएको बरु मुलुकको विकास र जनताको जिवनस्तरमा परिवर्तन ल्याउनु आफनो प्रमुख प्राथमिकता भएको बताए । एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले कम्युनिष्टले भन्ने समाजवाद र काँग्रेसले भन्ने समाजवाद एउटै नभएको वताए । आफुहरुले क्षमता अनुसारको काम, आवश्यकता अनुसारको माम भएको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको वताए । काँग्रेसले समाजवादको नाममा हुने, खाने र सक्नेहरुको हाली मुहाली हुने शासनसत्ताको वकालत गरिरहेको प्रष्ट पारे । जिल्ला समन्वय समिति रुकुमका प्रमुख समेत रहेका शर्माले सामाजिक न्याय सहितको समाजवाद स्थापना वामगठवन्धनको वटमलाईन भएको वताए। कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले प्रतिक्रियावादी शक्तिहरुको वामएकता भाड्न गरेको षडयन्त्र असफल भएको वताए । पार्टी एकताका लागि समायोजन समितिहरु वडा तहमा समेत कृयाशिल भैसकेको भन्दै उनले दुनियाँको कुनै शक्तिले एकता प्रक्रियालाई भाँडन नसक्ने वताए । गठवन्धनका उम्मेद्धारहरु आफनो पार्टीका पनि उम्मेद्धार भएको वताउँदै एमाले केन्द्रीय सदस्य केसीले पार्टीमा आवद्ध सवैले माओवादी) केन्द्रका उम्मेद्धारलाई मतदान गर्नुपर्ने वताए । ‘प्रत्यक्ष तर्फ रुकुममा माओवादी केन्द्रका उम्मेद्धारलाई विजयी गराउने पार्टीको निर्देशन हो यसमा कोही पनि एमाले हिच्किचाउनु पर्दैन’ नेता केसीले भने, ‘हिजोको तिक्तता राष्ट्रिय आवश्यकताको अगाडि ठुलो हुदैन’ । कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओली लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा ३ दर्जन वढी काँग्रेसआवद्ध नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् । त्रिवेणी गाँउपालिकाको पेउघा ज्यूलामा भएको कार्यक्रमको अध्यक्षता पार्टी एकता संयोजन समिति त्रिवेणी गाँउपालिकाका प्रमुख नेता गणेश खड्का र संचालन माओवादी केन्द्र त्रिवेणी गाँउपालिकाका सचिव सुन्दर ओलीले गरे । कार्यक्रममा त्रिवेणी गाँउपालिकाका ७, ८, ९ र १० नं. वडाका स्थानियको सहभागिता रहेको थियो । पश्चिम रुकुममा वामगठवन्धनको यो तेश्रो चुनावीसभा हो । निर्वाचन प्रचारमा निश्कििएको वाम गठवन्धप्रति पश्चिम रुकुममा स्थानियको अचम्मको आशा र आकर्षण देखिन्थ्यो । जिन्दगीभर काँग्रेसमा आस्थावान नेता कार्यकर्ता हुल वाँधेर वामगठवन्धनमा प्रवेश गरे । त्रिवेणी गाँउपालिकाको पेउघामा आज भएको वामगठवन्धनको चुनावीसभामा गठवन्धनका प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरलाई नवप्रवेशीहरुको स्वागतका लागि भ्याई नभ्याई भयो । स्थानिय निर्वाचनमा सिंगै वडापालिकामा जित हाँशिल गरेर आफनो गढ सावित गरेको काँग्रेसले यसपटक ठुलो मुल्य चुकाउनुपर्ने आशका गरिएको छ । नेपाली काँग्रेसवाट वाडापालिकामा जितेका जनप्रतिनिधि सहित आज ३ दर्जन वढी स्थानिय नेता कार्यकर्ताहरु हुल वाँधेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य तथा वडाका निर्वाचित सदस्य पदमप्रकाश खत्री, वडापालिकाका निर्वाचित सदस्य टे कवहादुर खड्का, वडापालिकाका निर्वाचित सदस्य रिखमी नेपाली, शिक्षक संघका जिल्ला कार्यसमिति सदस्य खम्ववहादुर केसी, यज्ञवहादुर परियार, जंगवहादुर खड्का, टेकवहादुर पुुन, रत्ना खत्री रहेका छन् ।त्यसैगरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सचिव तप्तवहादुर ओली, कमानसिं ओली, मेगलाल खड्का, भिमवहादुर पुन, यकमाया ओली, विकाश ओली, तिलक खड्का, भक्तवहादुर डाँगी, लिलवहादुर खत्री, शेरवहादुर केसी, माया खड्का, कौमति खड्का, दुर्गा केसी, तपेन्द्र केसी, रामवहादुर खड्का, भिमवहादुर परियार, घमण्ड वुढा लगायतका दर्जनौं नेता कार्यकर्ता छन् । प्रवेश गर्नेहरु त्रिवेणी गाँउपालिकाका विभिन्न वडामा नेपाली काँग्रेस र उसका विभिन्न भगिनि संगठनहरुमा क्रियाशिल नेता कार्यकर्ताहरु हुन् । नेपाली काँग्रेसले लिएको विचारले परिवर्तित परिस्थितिको नेतृत्व गर्न नसक्ने भएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो । उनिहरुले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम गठवन्धन एकमात्र विकल्प भएकोले आफुहरुले गठवन्धनलाई रोजेको वताएका छन् । नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा वामगठवन्धनका प्रतिनिधिसभा उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अविर माला लगाएर स्वागत गरेका थिए । स्वागत गर्दै विना विभागिय मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले नवप्रवेशीहरुलाई क्षमता अनुसार न्यायोजित जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
एकैदिन ३ दर्जन वढी माओवादी केन्द्रमा प्रवेश
२२ कात्तिक, २०७४
यी हुन् कांग्रेस र वाम गठबन्धनको घोषणापत्रका अन्तर
२२ कात्तिक, २०७४
मेलम्ची खानेपानीको सुरुङ खन्ने काम अब १२०० मिटर मात्र बाँकी
२२ कात्तिक, २०७४
इरानको रवैयाका कारण युद्ध निम्तने साउदी अरबको चेतावनी
२२ कात्तिक, २०७४
तेस्रो टी-ट्वेन्टी क्रिकेटमा भारत विजयी
२२ कात्तिक, २०७४
घरजग्गा किनबेचमा अर्बौं राजस्व छली
२२ कात्तिक, २०७४
‘कर्मचारीकालागि मतदान व्यवस्था मिलाउन कठिन’
२२ कात्तिक, २०७४
अपराध लुकाउन नाम र धर्म नै परिवर्तन
२२ कात्तिक, २०७४
दुर्व्यवहारको आरोप लगाइएका बेलायती नेता सर्जन्ट मृत फेला
२२ कात्तिक, २०७४
वाम गठबन्धनको घोषणापत्र देशको विकास गर्ने स्पष्ट खाका:ओली
२१ कात्तिक, २०७४
नेपाली झण्डा अंकित पानीजहाजदेखि केबलकारसम्म : वाम घोषणापत्र
२१ कात्तिक, २०७४
देउसीभैलोको पैसाले बिजुलीमा जडान
२१ कात्तिक, २०७४
अागामी डिसेम्बर २२ मा ‘टाइगर जिन्दा है’ रिलिज हुने तयारीमा
२१ कात्तिक, २०७४