सहारा मरुभूमिमा पचास बर्षपछि बाढी
२७ असोज, २०८१
एजेन्सी : दुई दिनदेखि परेको अविरल वर्षाका कारण अफ्रिकाको सहारा मरुभूमिमा बाढी आएको छ। मोरक्को मौसम विज्ञान केन्द्रका अनुसार मोरक्कोमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। यसले देशमा वर्षभरको औसत वर्षाको कीर्तिमान तोडेको छ। मोरक्कोको राजधानी रबातबाट ४५० किलोमिटर टाढा रहेको एउटा गाउँमा २४ घण्टामा करिब ४ इन्च पानी परेको छ। विगत ५० वर्षमा पहिलोपटक सहारा मरुभूमिमा यति छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद्ले बताएका छन्। नासाको स्याटेलाइट तस्बिरले विगत ५० वर्षदेखि सुक्खा रहेको इरिकी तालमा पानी भरिएको देखाएको छ। सहारा मरुभूमिमा बालुवा भरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो। वैज्ञानिकहरूले अबको १५ सय वर्षमा सहारा मरुभुमिमा हरियाली छाउने अनुमान गरेका छन्। पृथ्वी आफ्नो अक्ष २२ देखि २४.५ डिग्री सम्म झुक्ने भएकाले वैज्ञानिकहरूले यस्तो अनुमान गरेका हुन्। ९२ लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको सहारा विश्वको सबैभन्दा ठूलो मरुभूमि हो। यो उत्तर, मध्य र पश्चिम अफ्रिकाका माली-मोरक्को, मौरिटानिया, अल्जेरिया, ट्युनिसिया, लिबिया, नाइजर, चाड, सुडान र इजिप्ट जस्ता १० देशहरूमा फैलिएको छ।
थारू गाउँबस्तीमा सखिया नाचको रौनक
२७ असोज, २०८१
नेपालबाट झण्डै चार महिनापछि बाहिरियो मनसुन
२७ असोज, २०८१
आज यी प्रदेशमा हुने छ हल्का वर्षा
२७ असोज, २०८१
एक सातामा तेह्र लाखले छाडे काठमाडौं उपत्यका
२५ असोज, २०८१
दसैंमा टीका र दक्षिणाको के छ महत्व ?
२५ असोज, २०८१
काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए
२४ असोज, २०८१
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान
२३ असोज, २०८१

