एभरेष्ट दैनिक

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि नयाँ सिफारिस समिति गठन गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०८० चैत्र ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको हो। गत विहीवार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले सिफारिस समितिलाई पूर्णता दिने निर्णय गरेको थियो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिको सदस्यहरुमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा अर्जुनकुमार कार्की (संखुवासभा) र स्टेला तामाङ  (गोरखा) रहेका छन्। यसैगरी,  राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य पनि सिफारिस समितिको सदस्य रहने छन्।