साना पार्टी फुटाएर पहिलो दल बन्ने ओलीको दाउमा देउवा बाधक, मन्त्रिपरिषद् स्थगित
५ कात्तिक, २०८१
काठमाडौं । साना पार्टी फुटाएर पहिलो दल बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दाउमा सत्तारुढ दलकै नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाधक बनेका छन् । जसका कारण प्रधानमन्त्री ओली आफैले बोलाएको मन्त्रिपरिषद् स्थगन गर्न बाध्य भएका छन् । प्रतिनिधि सभाका दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच नयाँ सरकार गठन सहमतिपश्चात केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएको आज ठीक १०० दिन पुगेको छ ।सोही दिन प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक स्थगित गर्न बाध्य भएका छन् । प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीले नेतृत्व गरेको नयाँ सरकारको सिंहदरबारमा ‘हनिमुन पिरियड’ पूरा गर्दा उल्लेख्य शक्तिशाली गठबन्धन सरकारको पूँजी सदूपयोग गर्न नसकेको आरोप खेपिरहेका छन् । अहिले प्रधानमन्त्री ओली नेतृत्वको सरकार र नेपाली कांग्रेसबीच सरकार निर्माण गर्दाको जस्तो सुमधुर सम्बन्ध छैन । सरकार संचालनमा ओलीले नेपाली कांग्रेसका मन्त्रीलाई सहज ढंगले काम गर्न नदिएको,मन्त्रीहरु विरोधि सचिव कांग्रेस नेतृत्व रहेको मन्त्रालयमा पठाई सचिवबाट सरकार चलाई रहेको, दुई तिहाईको सरकारले जुन आसको सञ्चार गर्न सक्नुपर्दथ्यो त्यसो नभई जनतामा उल्टो निरासा छाएको, साथै प्रधानमन्त्री ओलीका कतिपय गतिविधि साथ दिन नसकिने खालका भएको यो गठबन्धनका निर्माता नै बताउँछन् । ओली सरकारमा रहेका मन्त्रीहरुले त आफुले चाहे अनुसारको काम गर्नै नपाएको बताउने गरेका छन् । यसै सन्दर्भमा आज प्रधानमन्त्री ओलीको राजनीतिक दलसम्बन्धी अध्यादेशबारेको प्रस्तावलाई सभापति देउवाले ‘साथ दिन्नँ’ भनेपछि मन्त्रिपरिषद् बैठक नै स्थगित भएको छ ।साना दल विभाजन गरेर आफु पहिलो दल बन्ने र पहिलो दलका हिसाबले आफ्नै नेतृत्वमा सरकार निर्माणको वातावरण तयार गर्ने गरी प्रधानमन्त्री ओली बढेको कांग्रेस नेताहरुको आंशका छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चाबिच सत्ताधारी दल नेपाली कांग्रेस भने त्यसको विपक्षमा देखिएको हो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा रहेको बताए । यसअघि आइतबार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेतासँगको छलफलमा अध्यादेश ल्याउन सहयोग माग गरेका थिए । कांग्रेसको असहमतिका कारण राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सम्भव नभएपछि प्रधानमन्त्री ओलीले सोमबार ५ बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् स्थगित गरे।
भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ : प्रचण्ड
५ कात्तिक, २०८१
मोरङको ग्रामथानमा माओवादीको उम्मेदवार घोषणा
५ कात्तिक, २०८१
साना दल विभाजन गर्न अध्यादेश ल्याउने तयारीमा सरकार
५ कात्तिक, २०८१
कर्णालीमा पहिलोपटक विषादी प्रयोगशाला स्थापना
५ कात्तिक, २०८१
डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस
५ कात्तिक, २०८१
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
५ कात्तिक, २०८१
यी भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना
५ कात्तिक, २०८१

