गोरुसिंगेमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
८ कात्तिक, २०८१
कपिलबस्तु । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो । वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा सोही नगरपालिका वडा नं। १० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको छ । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर र एक जना नाम नखुलेका पुरुष रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।
रास्वपाले भोलिदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने
८ कात्तिक, २०८१
कोटेश्वरबाट अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार
८ कात्तिक, २०८१
मुस्ताङका किसानले स्याउबाट भित्र्याए बार्षिक ९२ करोड
८ कात्तिक, २०८१
काठमाडौं महानगरले लगायो प्लास्टिकको मालामा प्रतिबन्ध
८ कात्तिक, २०८१
सी–मोदी भेटः विश्व व्यवस्थाको बहुध्रुवीकरणको पक्षमा !
८ कात्तिक, २०८१
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
८ कात्तिक, २०८१
यस्तो रहनेछ आजको मौसम
८ कात्तिक, २०८१
प्रतिपक्षी दलहरुले गराए राष्ट्रपतिको ध्यानाकर्षण
७ कात्तिक, २०८१
नेप्से २० अंकले घट्यो
७ कात्तिक, २०८१
दरबारमार्गको ‘नेसनल डे कन्सर्ट’ पनि ओली सरकारको उपलब्धि
७ कात्तिक, २०८१
बंगलादेशमा प्रदर्शनकारीले गरे राष्ट्रपति भवन कब्जा
७ कात्तिक, २०८१
चीनमा अपराध अनुसन्धान गर्न ‘एआई प्रहरी’को अवधारणा
७ कात्तिक, २०८१

