एभरेष्ट दैनिक

प्रेस सेन्टरका प्रदेश अध्यक्ष बिश्वकर्मालाई मातृशोक

रोल्पा । प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्मालाई मातृशोक परेको छ ।  आमा रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङ निवासी रुपशीला विश्वकर्माको कात्तिक ८ गते ८२ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनप्रति नेकपा माओवादी केन्द्र, प्रेस सेन्टर नेपाल लगायतले दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र ओलीलगायतले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गर्नुभएको छ ।