चोभार आदिनाथमा एकमहिने मेला सुरु
१ कात्तिक, २०८१
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेको स्थानीय हरिलाल श्रेष्ठले बताए । मेला अवधिमा आदिनाथको भक्‍तिपूर्वक पूजाअर्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् । हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा सांस्कृतिक धरोहर भएको श्रेष्ठले बताए । मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ ।
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
१ कात्तिक, २०८१
आज पहाडी भागका केही स्थानमा वर्षा हुने
१ कात्तिक, २०८१
इजरायलको क्रूरता रोक्न विश्व समुदायलाई आह्वान
३० असोज, २०८१
रुकुमपश्चिमको मग्गामा सहिदस्मृति मेला
३० असोज, २०८१
माओवादी केन्द्र सुदूरपश्चिममा जिम्मेवारी तोकियो
३० असोज, २०८१
डेंगुबाट देशभर १९ हजार संक्रमित
३० असोज, २०८१
काठमाडौंमा कुटपिटबाट हत्या, तीन पक्राउ
३० असोज, २०८१
एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो
३० असोज, २०८१
लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित
३० असोज, २०८१
दसैँ मनाउन घर गएकाहरु उपत्यका फर्कने क्रम तीब्र
३० असोज, २०८१
किन बढ्यो भारत–क्यानडा तनाव
३० असोज, २०८१

