गाजाले भोगेको विनाश लेबनानमा दोहोरिन सक्ने राष्ट्रसङ्घको चेतावनी
२३ असोज, २०८१
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजाले भोगेको विनाश लेबनानमा दोहोरिन सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का लागि लेबनानको निर्देशक म्याथ्यू होलिङ्गवर्थले गाजामा भएजस्तै विनाशबाट जोगिन लेबनानमा बढ्दो द्वन्द्वलाई तत्काल रोक्न आह्वान गरे। मङ्गलबार लेबनान कार्यालयको जिम्मेवारी लिनुअघि गाजामा डब्लुएफपीको सञ्चालनको समन्वय गर्न आफूले छ महिना काम गरेको भन्दै उनले गाजाले भोगेको जस्तो अवस्था लेबनानमा आउन सक्ने सम्भावनाहरू बढ्दै गएकाले त्यसलाई रोक्न आह्वान गरे। ‘म उठेदेखि सुत्ने बेलासम्म मेरो दिमागमा हामी पनि यस्तै विनाशको चक्रमा पुग्न सक्छौं भन्ने कुरा चलिरहेको छ। हामीले त्यसो हुन दिनुहुँदैन,’ उनले बताए। हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि गाजामा भएको इजरायली हमलामा ४१ हजार ९०० जना भन्दा बढी मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा अधिकांश आमनागरिक रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानमा भएको इजरायली बमबारीले दुई हप्ताभन्दा कम अवधिमा एक हजार १०० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन्। संयुक्त राष्ट्र अधिकार कार्यालय अधिकारी जेरेमी लरेन्सले भने, ‘हामीले गाजामा देखेका विनाशका ढाँचाहरू लेबनानमा देखिरहेका छौं। गाजामा जस्तै विनाश लेबनानका मानिसहरूका लागि विश्वास बाहिर छ। हामी यसलाई फेरि हुन दिन सक्दैनौं।’
प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन
२२ असोज, २०८१
३७ अंकले बढ्यो नेप्से,कारोबार कति ?
२१ असोज, २०८१
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो
२० असोज, २०८१
दसैँका खसी बोका बिक्री सुरु
२० असोज, २०८१
दाउन्नेमा एकतर्फी यातायात खुल्यो
१९ असोज, २०८१

