साउदी अरब दियाे रोबोटलाई नागरिकता, यस्तो छ रोबोटको विशेषता
१० कात्तिक, २०७४
रियाद, कात्तिक १० । साउदी अरब कृत्रिम मानव (रोबोट) लाई नागरिकता दिने पहिलो मुलुक बनेको छ । नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसको जानकारी दिएको हो । ‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदी नागरिकता प्राप्त भएको छ,’ ट्विटर ह्यान्डलमा लेखिएको छ । नागरिकता पाएपछि रोबोट सोफियाले पनि धन्यवाद दिएकी छन् । ‘म यस गौरवबाट निकै सम्मानित महसुस गरिरहेको छु,’ सोफियाले भनिन्, ‘पहिलो पटक रोबोटलाई नागरिकताबाट पहिचान गरिनु ऐतिहासिक हो । म मानिसहरुका बीच भरोसा बढाउन काम गर्दछु ।’ सोफियाले रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट समिटमा सभाध्यक्षको भूमिका निर्वाह गरिन् । सम्मेलनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अन्तर्गत लिबरल इस्लामको पुनर्स्थापना आफूले चाहेको बताए । सोफियालाई हङकङका हेनसन रोबोटिक्सले बनाएको हो । मुहारको एक्सप्रेसन बुझ्ने र जोसूकैसँग सामान्य कुरा गर्न सक्ने क्षमता यो रोबोटमा छ । पत्रकार एन्ड्र्यु सोरोकिनले सोफियाको अन्तरवार्तासमेत लिएका थिए । सोरोकिनको प्रश्नहरुको जवाफ सोफियाले निकै कुशलतापूर्वक दिएकी थिइन् ।
सरकारले अझै स्थानीय तहमा कर्मचारी खटाउन सकेन
१० कात्तिक, २०७४
मतपत्र छपाइ तत्काललाई स्थगित, निर्वाचन सरे संसद् आह्वान !
१० कात्तिक, २०७४
उदाउँदो सूर्यलाई अर्घ दिंदै छठ पर्व समापन
१० कात्तिक, २०७४
घुस खाने आरोपमा एक असई र दुई ट्राफिक प्रहरी जवान निलम्बित
१० कात्तिक, २०७४
मनसुन रोकिंदासमेत भरिएन कुलेखानी
१० कात्तिक, २०७४
फेसबुकमा सेयर र लाइकमा शुल्क लाग्ने
१० कात्तिक, २०७४
कामदारको न्युनतम तलब तोक्न कतार तयार
१० कात्तिक, २०७४
राप्रपाबाट सर्वसम्मत सिफारिस उम्मेदवार नै एमालेमा प्रवेश
१० कात्तिक, २०७४
नगरपालिकाका प्रमुख जुवाकाे खालबाट पक्राउ
९ कात्तिक, २०७४
बृहत् वाम ध्रुवीकरण अभियानमा समाहित हुन आग्रह
९ कात्तिक, २०७४
तनावकाबीच केन्यामा निर्वाचन सम्पन्न
९ कात्तिक, २०७४