एभरेष्ट दैनिक

सिन्धुलीमा एमाले र माओवादीले बराबरी सिट पाउने, कांग्रेसलाई तनाब

काठमाडौं, कात्तिक ८ । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा माओवादी र एमालेले बराबर सिट पाउने भएका छन । प्रतिनिधि र प्रदेशसभा गरी कुल ६ वटा सिट रहेको सिन्धुली जिल्लामा एमाले र माओवादीले ३÷३ सिट लिने सहमति हन लागेको बताइएको छ । सिन्धुलीमा प्रतिनिधि सभाको २ र प्रदेश सभाको ४ गरी जम्मा छ निर्वाचन क्षेत्र छन । एमालेले प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ र क्षेत्र नं. १ को प्रदेशसभा क र ख र माओवादीले क्षेत्र नम्बर २ र क्षेत्र नम्बर २ अन्तर्गतकै क र ख लिने भएको सहमति नजिक पुगेको कार्यदलमा रहेका एक नेताले जानकारी दिए । सिन्धुली १ लाई माओवादी र २ लाई एमालेको पकठ क्षेत्रका रुपमा चिनिन्छन । यस हिसाबले माओवादी र एमाले मिल्दा सिन्धुलीको सबै क्षेत्र वामगठबन्धनले नै जित्ने सम्भावना देखिन्छ । यो अवस्थामा सिन्धुलीमा कांग्रेस पत्तासाफ हुने पूर्वानुमान गर्न थालिएको छ ।