एभरेष्ट दैनिक

७९ वर्षीय कादर खान बिना सहारा हिँड्डुल गर्न सक्दैनन्

एजेन्सी, कार्तिक १ । बलिउड क्षेत्रका चर्चित ७९ वर्षीय कलाकार कादर खान विभिन्न भूमिका निर्वाह गरिसकेका छन् । पछिल्लो समय भने उनी आफ्ना छोरा बुहारीसँग क्यानडामा रहँदै बस्दै आएका छन् । उनी अहिले अरुको सहाराबिना हिँड्डुल गर्न सक्ने अवस्थामा छैनन् । केही महिना अगाडि उनको निधन भएको खबर भाइरल भएको थियो । तर, उनले सोसल मिडियामार्फत आफू ठिक रहेको जानकारी दिएका थिए । उनका बुहारी शाइस्ता खानले एक अन्तर्वार्तामा भनेकी छिन्, ुअहिले बुबा कसैको साहरा बिना हिँड(डुल गर्न सक्नुहुन्न । उहाँलाई बोल्न पनि गाह्रो हुँदै आएको छ । उहाँ छोराको कुरा मात्र बुझ्नुहुन्छ । तर, उहाँले सबैलाई चिन्नुहुन्छ ।ु कादर खानले आफ्नो करिअरको सुरुवात १९७२ मा प्रदर्शनमा आएको फिल्म ‘दाग’ बाट गरेका थिए । ‘दाग’ पछि उनले अदालत, परवरिश, दो और दो पाँच, याराना, खूनका कर्ज, दिल ही तो है, कुली नं.१, तेरा जादू चल गया, किल दिलसहित सय बढी फिल्ममा अभिनय गरेका छन् । २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘हो गया दिमागका दही’ मा उनी अन्तिम पटक पर्दामा देखिएका थिए ।