एभरेष्ट दैनिक

‘लिंकन इन द बार्डो’ का लागि सान्डर्सलाई म्यान बुकर प्राइज

काठमाडौं, कात्तिक १ । अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ कृर्तीका लागि यस वर्षको म्यान बुकर पुरस्कार जितेका छन । उन पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाएका छन । म्यान बुकर पुरस्कार पाउने सान्डर्स दोस्रो अमेरिकी नागरिक हुन । छोटा कथाका लागि चर्चित सान्डर्सको ‘लिंकन इन द बार्डो’ पहिलो उपन्यास हो । जसले साहित्यका लागि विश्वकै दोस्रो प्रतिष्ठित पुरस्कार पाएका हुन । उपन्यासमा चिहानमा बिताएको एक रातको कथा समेटिएको छ । यसमा आफ्नो छोराको निधनपछि अब्राहम लिंकनको दुःख तथा छोराको चिहानमा लिंकनको यात्रालाई बयान गरिएको छ । बेलायतको लण्डनमा भएको एक विशेष कार्यक्रमका बिच डचेज अफ बार्नवालले पुरस्कार प्रधान गरेका थिए ।