एभरेष्ट दैनिक

भूकम्प पीडित छाप्रा र पालमा, प्रमुख करोडौंका गाडीमा चुनाब प्रसारमा

प्युठान, असोज १७ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी प्रमुख प्राडा गोविन्द पोखरेल प्राधिकरणको गाडी लिएर चुनावी प्रचारमा सक्रिय रहेको खुलासा भएको छ । भूकम्प गएको आढाई वर्ष भइसक्दा पनि हजारौं नेपाली टहराको बासमै छन् । तर, भूकम्पबाट क्षती भएका संरचनाको पुनर्निमाणमा लागि गठन भएको प्राधिकरणका प्रमुख पोखरेल भने प्राधिकरणको साधन र स्रोतको दूरुपयोग गर्दै गृहजिल्ला प्यूठानमा मंसिरमा हुने निर्वाचनको प्रचार–प्रचारमा जुटेको बताइएको छ । सीईओे पोखरेल विगत एक सातादेखि प्राधिकरणको सुविधा सम्पन्न गाडी प्रयोग गरेर प्युठान सदरमुकाम खलंगा र विजुवा बजारमा चुनाबी प्रचारमा सक्रिय छन । पोखरेलले भुकम्प पीडितहरुलाई आफू प्राधिकरणको सीईओे भएपनि आगामी निर्वाचनमा चुनाव लड्ने भएकाले आफ्नो करोडौ रुपैयाँ खर्च गर्ने हैसियत रहेकाले स्थानीयका समस्या समाधान गरिदिने झुटा आश्वासन दिइरहेको बताइएको छ ।