एभरेष्ट दैनिक

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, असोज १९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पछिल्लो समयमा बिकसीत राजनीतिक घटनाक्रम र निर्वाचन तयारीबारे गहन छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे बस्ने बैठकमा मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अन्य दलसँगको तालमेलका बिषयमा छलफल हुन लागेको हो । राष्ट्रवादी, लोकतान्त्रिक, प्रगतिशील गठबन्धन निर्माण गरेर आगामी निर्वाचनमा होमिने निर्णय गरेको कांंग्रेसले यीनै विषयमा थप छलफल गर्न लागेको बताएको छ । बैठकमा वाम धु्रविकरणपछि विकसित पछिल्लो राजनीतिक परिवर्तन र चुनावका लागि रणनीति तय गर्नै कांग्रेसले जनाएको छ । साथै चुनावअघि पार्टीको आन्तरिक व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि बैठकमा छलफल हुदैछ । हिजोको बैठकमा नेतृत्व समन्वयकारी नहुँदा पाखा पारिएका समूहलाई पनि साथ लिएर अघि बढ्नुपर्नेमा अधिकांश केन्द्रिय सदस्यहरुले जोड दिएका छन् । सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमाले र नयाँ शक्ति नेपालसँग मिलेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गरेको भोलिपल्टै कांंग्रेस लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णयमा पुगेको हो । बैठकमा कम्युनिष्ट गठबन्धन देशको हितमा नहुने भन्दै केन्द्रीय सदस्यहरुले शान्ति र संविधानकालागि नयाँ गठबन्धनको आबश्यकता औल्याएका थिए ।