एभरेष्ट दैनिक

जनतालाई दुखदिने कर्मचारीको सेवासुविधा रोक्ने नगरप्रमुखको चेतावनी

कञ्चनपुर, असोज १९ । कञ्चनपुरको बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले बिहीबार बेलौरीमा रहेको प्राथमिक उपचार केन्द्रको अनुगमन गरेका छ्न। अनुगमनको क्रममा त्यहाँ रहेका कर्मचारीलाई तीन दिनभित्र कार्यालय भित्र भएका बेथिति र सुधारका लागि कार्ययोजना लिखित रुपमा पेस गर्न निर्देशन दिएका छन । र उपचार केन्द्रमा राम्ररी काम गर्ने निर्देशनको उल्लघंन गर्ने कर्मचारीको सेवा सुबिधा रोक्ने चेतावनी दिएका छन ।