एभरेष्ट दैनिक

‘पोइ खोजेकी नभुन्नु होला…’

फोन न उठाउँ त कुनै महत्वपुर्ण समाचार गुम्ने हो कि भन्ने लाग्छ । अनि मलाई आउने फोन उठाउने नै हो भने अरु काम नगरे भयो । यो अवस्था छ मेरो । दिनमा जसोतसो फोन उठाउँछु तर ईमो , भाईवर र ह्वार्टशप मैले बन्द नै गर्नु पर्ने बाध्यता छ । मेरो सवै भन्दा आरमका् दिन त्यो हो जुन दिन मैले फोन गरेको हुन्छु । मलाई आउने फोनहरु मध्ये आरामै ? खान खानु भयो र मलाई चिन्नु भयो रु के छ खवर रु यस्ता कुराले थप तनाव पुराउँछ । कहिले भुतले छल्यो भनेर रातमा बोलाउँ छन । कहिले बलात्कार भयो भनेर सुईको दिन्छन । कहिले अरु अनेक थरी विषयमा बोलाउँ छन् । यहि क्रममा गए राती सदरमुकामको एक होटलमा बोलाईयो । त्यस होटलमा काम गर्ने एक जना कामदार महिला शौलाय भित्र पसेको झण्डै आधा घण्टासम्म बाहिर न निस्केको र खोल्दा चुक्कुल लगाएको विषयमा हंगामा मच्चिएको रहेछ । निद्रमा थिएँ जुरुक्क उठेर गएको त वोलाउँदा पनि बोल्दीनन । आत्मा हत्या गरेको आंशका जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीले पनि गरे मसहित अर्का पुराना पत्रकार हरिप्रसाद पोखरेलले पनि गरिऔं । हामीले ढोकाको चरबाट फोटो खिच्दा ति महिला शौचालयको चिसो भुँईमा लडेकी थिईन् । त्यो दृश्य देखेपछि पट्रोलिङ्गका प्रहरीको हद भन्दा बाहिरको विषय लागेर मुद्धा फाँटलाई बोलाए । टोली केहि वेरमा आयो । होटलवालाहरुको ओठ मुख सुकेको थियो । जम्मा तीन दिन भएको रहेछ उनी त्यहाँ आएको। वर्षऔंदेखि माईला दाईको चिया पसल भनेर चिनिएका र असाध्धै सोझा माईलादाई फस्ने हुन की भन्ने चिन्ता पनि त्यहाँ गरिदै थियो । एक्कासी ति चिसो भुँईमा लडेकी महिला ढोका खोलेर बाहिर निस्केपछि सदरमुकाममा अर्को भुत निस्कीए जस्तो भयो । किन हो यसरी जम्मा भएको ? यस्तो ठाडो प्रश्न गर्दै ति महिला बाहिर निस्कीईन् । ३/४ चार वटा सन्तानकी आमा ईस्माको दोहली गाउँबाट श्रीमानले होला गरेपछि तम्घासमा जुठा भाँडा माझ्न आएकी उनलाई वेला बेलामा बेहोस हुने रोगले छोएको रहेछ । गाउँमा न्याय पाईन त्यसैले ज्यान पाल्न हिडेकी हुँ भन्ने उनका बारेमा नवनिर्वाचित जनप्रतिनिधीले चासो दिने विषय बनेको छ । फेरी अर्की भुत आईन र भनिन–‘दाई मेरो मन होईन र ? ’ त्यहाँबाट फर्केपछि भर्खर सुत्न के लागेको थिए एउटा फोन आयो । सुरु मै दाई रकर्ड चाँही नगर्नु होला म तपाईसंग भित्रि मनको वह पोख्न चाहन्छु है भनिन् । भन्नु न भने । उनले यसरी आफ्ना वहहरु पोखिन –‘ पक्कै पनि लोग्ने मोन्छे र हामी महिलाको मन एउटै होला । मेरो १८ वर्षको उमेरमा तीन वर्ष अघि विहे भएको हो । प्लस टु पढ्दै थिएँ र कुनै पनि पुरुषसंग मेरो सेक्सुअल सम्वन्ध पनि थिएन । तर जिज्ञाषु मन भने व्याकुल थियो । माग्न आए वाहुने संस्कारमा वावु आमाले दिएपछि नकार्न सकिन । विहे भयो । जन्म घर छाड्नुको रोदनसंगै कौतुहलता पनि हुँदो रहेछ । विहेको पहिलो दिन हामी दुई जना नजिकीने वातवरण पनि थिएन् । दुलहन फर्काए पछिका दिन भने हाम्रा लागि ढुक्क छन भन्ने ठानेकी थिएँ । तर मेरा कल्पना , कल्पना मै सिमित हुने ठानेपछि उनि विेदेश हिड्नुको अघिल्लो दिन राती म आफ्नो लाज पचाउन बाध्य भएँ । उनी जहाँ सुत्छन मैले छाड्ने वाला थिईन । एउटी अनमत्त बैशे उमेरकी केटीलाई श्रीमति बनाएर ल्याई सकेपछि खोई श्रीमानले गर्ने ब्यवहार ? म यहि कुरामा आक्रोषित थिएँ । त्यही आक्रोष र आतुर यौन जिज्ञाषा मेटाउन म उनि लुकेर सुतेको स्थान माथिल्लो तलाको आँटीमा झयालबाट उक्लेर चोर जस्तै गरी पुगे । मस्त निद्रामा रहेछन् । मुहार सुम्सुमाउँदै उठाएँ । मोवाईलको लाईट वालेर मुहार हेरे असाध्धै मन वहकियो । त्यसपछिको समय मेरा लागि निकै पिडादायि रह्यो । दाई उत्ताउँली केटी रहेछ नभन्नु होला । तपाई धेरै महिलाका पिडा लेख्ने भएर म नलजाई भन्दै छु कि म जस्ता चेलीले यस्तो भोग्न नपरोस भन्नका खातिर सवै कुरा भनेकी हुँ । त्यस रात उज्यालो हुने बेलासम्म मेरो तड्पाइ शान्ता पार्नै सकेनन् उनले । मुटु एकनासले भड्की रहेको छ । श्वास प्रश्वासले मलाई थप दवाव दिई रहेको छ । मलाई मेरो मनले दवाव दिए पनि उनको मनले उनलाई दवाव दिन सकेन् । कौतहलतै कौतुहलताको तडपाइका बीच त्यो रात वित्यो । उज्यालो भएको केहि वेर घरयासी काममा लागियो । उनलाई विदाई गर्नु पुर्व नै मैले कसरी विदाईको हात हल्लाउ भन्ने सपनादेखि रहेकी थिए । श्रीमान श्रीमति नातामा सेक्स भन्ने कुरा मात्रै बाधक पनि त्यति वेला मलाई लागेन । उनि हिड्ने भन्ने कुराले नै म एक्ली जस्तै भई सकेकी थिएँ । बरु मलाई केहि नगरोस मात्र मेरो कोखमा लुटपुटिए पनि धन्य हुन्थ्यो जस्तो मलाई लागेको थियो । तर उ एक चोटी विदेश गएर आएको मान्छे जाने नै भयो । घरमा बाबा आमा र वहिनीहरुले टिका टाला गरेसंगै मैले उसलाई अलि परसम्म छोड्न गए । वाक्य फुट्न बढो मुस्कील थियो । दुवै मौन छौं । गर्न त उसले मलाई माया गर्दो रहेछ भन्ने तव थाह पाएँ । मौन हिड्दै गर्दा उसका आँखा रसाएका थिए । मैले पुग्न वित्तिकै फोन गर्नु है भन्न नपाउँदै मुटुमा गाँठो प¥यो । दुवैको अश्रुधारका संगै आँखा जुधाऔं । अंगालो हालेर रुने मन थियो तर बातरवरण नभएर विवस भयौं । उताबाट जिप आयो मेरो उनलाई टिपेर लग्यो । आँखाको दृष्टीले पुग्ने बेला सम्म मैले एकानास उनलाई नियाली रहेकी थिएँ । त्यो सिङ्ग जिप उनकै प्रतिमुर्ति बनेको थियो । यसरी विदा भएका हामीविच वैवाहिक सम्वन्ध सुमधुर हुने कुरामा म ढुक्क थिएँ किन की विदाईको क्षणमा उसका पनि आँशु खसेकोले । उसको फोनको प्रतिक्षमा म निकै दिन तड्पीएँ । एक चोटी सपरिवारलाई फोन गर्ने बेलामा म पनि उस ग वोल्न चाहें । मलाई तँ मन पर्दैन आफ्नो खुशी गर्नु यस्तो भन्यो । भन्नु न दादा भक्कानीदै मलाई कस्तो भए होला । म मेरा बाबु आमाको इज्जतका खातिर उसले त्यो भनेपघि घर गर्न बाध्य छु । त्यसपछिका दिनमा उसको नम्वरमा धेरै चोटी फोन हानें उसले पटक्कै उठाएन । पछि गएर नम्वर चेञ्ज ग¥यो । दिनमा त साथीसंग कुराकानी हुँदा केहि जस्तो लाग्दैन तर दादा म कैयौं रात रोएर बिताएकी छु । २०/२२ उमेरकी मान्छे । पढा लेखा र धेरै केटाहरुले लाईन मार्ने सुन्दरता पनि छ जस्तो लाग्छ । कहिले काँही मन वरालीन्छ पनि तर वावु आमाको ईज्जत मेरा सामु सावाधानीको औला ठडाए उभिन्छ । मलाई थाह छ उ नपुकसक होईन । मैले थाह पाएँ उसले छिमेकी केटीलाई एक चोटी भुँडी बोकाएर फलाएको रहेछ । विहे गरेको १५ दिनसम्मका रात उसले गाउँ घरका केटीहरुसंगै बितायो । अहिले उ मसंग सम्पर्क विहन भए पनि गाउँकी एउटी केटीसंग दिनमा दश पटकसम्म फोन गर्दो रैछ । म अस्ती साउने सक्रान्तिमा माईत गएँ । बुवा आमाले वावुले फोन गर्नु हुन्छ भन्दा मुस्कुराउँदै अघि भर्खर पनि गर्नु भएको थियो, दर्शन भनि दिनु भन्नु भाछ भनेर ईज्जत बँचाएँ । भाईले सधै भन्छ कि भेनालाई झिकाउन भन्नु कि अलिकति पैसा पठाई दिन भन्नु म विदेश जान्छु । हुन्छ नि कुरा गरी दिउँला भन्छु । मलाई घर खर्च गर्ने पैसा त उसले पठाएको छैन भने भाईको त्यो कुरा कसरी सल्टाउन सक्थे र दादा भन्नु त ? एउटा कुरा दादा घरमा बुढा वाआमाले त राती अवेर सम्म टिभीमा फिल्म हेनु हुन्छ तर म हेर्नै सक्दीँन । किन कि हिरो हिरोईनीका रोमान्स देख्दा मेरो मुटु भक्कानिन्छ । कहिले काँही सपनामा उसंग रोमान्समा हुन्हु म । घर त आईज न किन छाडुला र भन्छु । उसको प्रतिक्षाको दियो हरदम वालेकी छु । उ पचासौं वर्ष नआउञ्जेलसम्म कहिल्लै निभ्न सक्दैन र यो जिज्ञाषु मन पनि । उ वाहेक कसै संग डगमगाउन चाहन्न । मनै हो दादा, कहिले काँही उन्मत्त हुन्छ । त्यसलाई मैले एकदम मिठास अनुभुतिका साथ लिने गछु । तपाईले धेरै महिलाले दोस्रो विवाह गरेको न्युज लेख्नु हुन्छ । तर त्यस पछाडीका कारणहरु लेख्नु हुन्न र दुख लाग्छ । होला कोही कोही मात लागेर हिडे होलान तर धेरै जस्ता महिलाहरु श्रीमान नाम मात्रैको भएर हिडेका छन भन्ने मेरै अवस्थाले पनि स्पष्ट पार्छ । म बस्छु उ आउने बेलासम्म । माईतीको ईज्जत पनि जति थामे, थामे । जव उ आएर यस्तै व्यवहार देखायो भने हेर्नु होला म पनि उसको चिल्लीविल्ली पारेर हिड्ने छु । त्यो समाचार लेख्नु भयो भने अहिले मैले गरेका कुरा पनि लेख्नु होला । महिला त्यसै घर छोड्दैनन् । वर्षऔंसम्म उसलाई कुर्ने, उसको घरको गोठालो हुने अनि माया नपाउने ? त्यस कारण क्षतिपुर्ति सहित टाप कस्नु पर्ने बाध्यता छ । उ छोरो मान्छे विदेशमा आफ्नो हात देखि त्यहाँका झारपात सम्मबाट सन्तुष्टी लिने तर हामी घर धान्नेहरुसंग सामान्य मायाको बचनसम्म नदिएपछि छाड्नै परे त्यसै कसले छाड्छ ? दादा डिष्टप गरे यो मध्ये रातमा माईन्ड नगर्नु होला । पोई खोजेकी रहिछ पनि नभुन्नु होला मात्र म जस्ता चेलीहरुको वेदना पोखेकी हुँ मेरो नाम चाही नभनि दिनु होला लेख्न चाँही लेख्दीनु होला । सुत्नु दाई, म पनि सुत्छु एक लोटा पानी खाँदै ।। गलल्ल हाँसो।।। बाई।।। सियु।।।। । वाहिर निस्कीँदा पारी व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयमा विहानीको पुजा आरधान चलेको रहेछ । यसर्थ म आज २०७४ , साउन २० गते अनिद्रमा छु ।