एभरेष्ट दैनिक

मन्त्री परिषद् निर्णय : प्रहरीका ११ जना डीआईजीलाई एआईजीमा बढुवा (नामावलीसहित)

काठमाडौं, साउन १९ । नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार उनीहरुलाई बढुवा गरेको हो । एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् । यसअघि बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको थियो । आजकै मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।