एभरेष्ट दैनिक

कञ्चनपुर अब लोडसेडिङ मुक्त जिल्ला

कञ्चनपुर, साउन १८ । कञ्चनपुरलाई पूर्ण लोडसेडिङ्ग मुक्त घोषणाको माग राख्दै आएको नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) कञ्चनपुरको टोली र विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्पराज पन्तबीच लोडसेडिङ्ग अन्त्य गर्ने सहमति भएको छ । सहमति भएपछि क्रान्तिकारीले आन्दोलनका थप कार्यक्रम रोकेको छ । क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र विष्टले आफुहरुले उठाएका मुद्दामा कार्यालय प्रमुख पन्त सहमत भएपछि थप आन्दोलनका कार्यक्रम स्थगत गरेको बताएका छन ।