एभरेष्ट दैनिक

बाटोमा हिंडिरहेको बेला पोलबाट लाग्यो करेण्ट, दुबै खुट्टा जले

काठमाडौं, बाटोमा हिंडिरहेको बेला बिजुलीको पोलबाट करेण्ट लागेर घाइते भएको नौलो घटना नेपालमा भएको छ । बिजुलीका पोलहरुमा सामान्यरुपमा हातले छोइन्छ नै । तर मंगलबार बिहान भने राजु लामा हिंडिरहेकै बेला करेण्ट लागेर घाइते भए । मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला करेन्ट लागेर रामेछापको बेथान घर भएका २९ वर्षीय राजु लामा घाइते भए । उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ । सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको स्थानीयले बताएका छन् ।