ताप्लेजुङमा हेलिप्याड नहुँदा पर्यटक र बिरामीलाई समस्या
१४ भदौ, २०७४
ताप्लेजुङ, भदौ १४ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा हेलिकप्टर उडान तथा अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान नहुँदा समस्या हुने गरेको हो । सदरमुकाममा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड र भानुजन माविको खेल मैदानलाई सार्वजनिक रुपमै प्रयोग गरिदै आएको छ । तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने तथा निरन्तरको उडानले विद्यालयको पनि आसपासका भौतिक संरचनामा क्षति समेत पुर्याउने हुँदा हेलिकोप्टर राख्न समस्या हुने भानु जन माविका प्रधानाध्यापक किशोर राई बताउँछन् । यता आफ्नो आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यवसायिक हेलिकप्टरहरु अवतरण गर्न दिन नमिल्ने नयाँ रणभिम गुल्मले बताएको छ । जसको कारण बिरामी र पर्यटकका लागि आकस्मिक रुपमा झिकाईएका हेलिकोप्टर विद्यालयका खेल मैदान र सुकेटारमा रहेको विमानस्थलमा समेत राख्नुपर्ने बाध्यता रहेको हेलिकोप्टर व्यवसायी ईश्वरी पौडेलको भनाइ छ । हेलिकप्टर अवतरण गर्नसक्ने उचित स्थान नहुँदा यात्रु तथा पर्यटकहरुले सास्ती ब्यहोर्नु परिरहेको छ । जिल्लामा विभिन्न समयमा जिल्ला बाहिरबाट हेलिकप्टर नै चार्टर गरेर आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने, बिरामी लिन तथा पुर्याउन र अन्य प्रयोजनका लागि मानिसहरु आउने गर्दछन् । सदरमुकाममा अत्यावश्यक प्रयोजनका लागि हेलिप्याड आवश्यक भए पनि नगरपालिकाले हेलिप्याड निर्माणका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।
जनकपुर र दाङमा प्रदेश प्रहरीको कार्यालय
१४ भदौ, २०७४
बेपत्ताको संख्या दोब्बर बढ्यो
१४ भदौ, २०७४
रामेछापमा राँगाले हान्दा वडाध्यक्ष घाइते
१४ भदौ, २०७४
मकैबारीमा नांगो अवस्थामा महिलाको शव फेला
१४ भदौ, २०७४
नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा
१४ भदौ, २०७४