एभरेष्ट दैनिक

झुठौ आरोप लगाएको भन्दै प्रचण्डका प्रेस संयोजक तिमिल्सिनाले दिए निवेदन

काठमाडौं, साउन ६ । माओवादी नेताहरुको नाम उल्लेख गरी प्रकाशित समाचारका विषयमा आफूलाई आरोप लगाइएको भन्दै पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले छानबीनको माग गरेका छन् । माओवादी पार्टी कार्यालय श्रोतले दिएको जानकारीअनुसार, पार्टीको महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका तिमिल्सिनाले आफूमाथि निराधार आरोप लगाएकोले सत्यतथ्य छानबीनको माग गरेका हुन । निवेदनमा तिमिल्सिनाले आफ्नो नाम किटेर पार्टीका पोलिटब्यूरो सदस्य राजकाजी गुरुङले बैठकमैं कुरा उठाएको भन्दै आपत्ती व्यक्त गरेका छन् । पढ्नुस निवेदनको मूल अंश प्रस्तुत सम्बन्धमा बुधबार एक अनलाइन पत्रिकाले ‘को–को हुन् प्रचण्डले भनेका जोवान ढल्काउने माओवादी नेता, १२ नेताको रामकहानी रु’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर ने।क।पा। ९माओवादी केन्द्र० का पोलिट्व्यूरो सदस्य क। राजकाजी गुरुङले मनहरि तिमिल्सिनाले समाचार लेखेको भनी पार्टी केन्द्रीय सचिवालयको बैठकमा आफ्नो धारणा राखेको कुरा बैठकमा सहभागी नेता कमरेडहरुबाट जानकारी भयो । यसले पार्टीका श्रद्धेय नेताहरुमा काफी भ्रम सिर्जना गरेको तथ्य विदितै छ । सर्वप्रथम म कमरेड राजकाजी गुरुङको उक्त भनाई सतप्रतिशत झुट, गैरजिम्मेवार र प्रतिशोधपूर्ण रहेको व्यहोरा स्पष्ट गर्न चाहन्छु । तसर्थ, प्रकाशित समाचार र ममाथि लगाइएको अभियोगबारे यथाशिघ्र छानविन गर्न केन्द्रीय समितिसमक्ष जोडदार माग गर्दै छानविनबाट दोषी प्रमाणित भएमा पार्टीले गर्ने जुनसुकै कार्वाहीका लागि तयार रहेको व्यहोरा स्पष्ट गर्न चाहन्छु । छानविनबाट ममाथि लगाइएको गम्भीर अभियोग गलत प्रमाणित भएमा कमरेड राजकाजी गुरुङलाई पार्टी विधानअनुरुप कार्वाहीका लागि समेत माग गर्दछु ।