एभरेष्ट दैनिक

राजपाले बुझायो सहिद गर्न घोषणा छुटेको भन्दै १२ जनाको नाम

काठमाडौं , साउन ६ ।  राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ । यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ । राजपाका नेताहरुले मधेस आन्दोलनका क्रममा घाइते भई अशक्त भएका ४३ जनाको नाम पनि सरकारसमक्ष पेस गरेको छ । उनीहरुलाई जीवनभर भरणपोषण गर्नुपर्ने राजपाको माग छ । यसैगरी राजपाका नेताहरुले सरकारसँग देशका विभिन्न कारागारमा रहेका करिब एक सय बन्दी रिहा गर्न माग गरेका छन्, नागरिकमा खबर छ।