एभरेष्ट दैनिक

आत्महत्या : तिम्ल्याहाको विचल्ली

रूकुम, साउन १३ । दुई महिनाकी सुत्केरी आमाले आत्महत्या गरेपछि उनका तिम्ल्याहा शिशुको बिचल्ली भएको छ । आठबिसकोट नगरपालिका–९ राडीपाखाकी तिम्ल्याहा बच्चाकी आमा ३० वर्षीया कृष्णा शाहीले आत्महत्या गरेपछि उनका दुई छोरा र एक छोरीको बिचल्ली भएको हो । जेठ १२ गते सुत्केरी भएकी शाहीले असार ८ गते आत्महत्या गर्ने उद्देश्यले भेरी नदीमा हाम्फाले गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो । तीनै शिशुको अहिलेसम्म स्वास्थ्य अवस्था सामान्य रहेको रउनीहरूलाई आफन्तले हेरचाहा गरिरहेका छन । उनीहरूलाई भैँसी तथा पाउण्डरको दूध खुवाउने गरिएको छ । आत्महत्याको कारण गरिबीले नित्याएको किचलो हुन सक्ने बताइएको छ ।स्थानीयको छ ।