सुन तस्करीमा साँठगाँठ नेपाल प्रहरीपछि सशस्त्रसँग !
१७ साउन, २०७४
काठमाडौं, साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए । उनीसँगै आएका कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छिन् । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए । सुन तस्करी हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीनैजना विमानस्थलको अराइभलस्थित शौचालयबाट पक्राउ परेका हुन् । शौचालयबाट सुन पास गराउन खोज्दा फन्दामा प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किए । पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । रजाली र सई मानन्धरबीच पटक पटक फोनमा कुरा भएको थियो । नेपाल प्रहरीपछि सशस्त्र प्रहरीसँग तस्करको साँठगाँठ विमानस्थलबाट प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा पटक पटक सुन तस्करी हुँदै आएको बाहिर आइसकेको छ । गत २१ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले साढे ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी र भन्सारका कर्मचारीकै मिलेमतोमा दुई वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको थियो । सिआईबीले एसएसपी श्याम खत्री तथा भन्सारका कर्मचारीलाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो । यसपटक भने सशस्त्र प्रहरीको मिलमतोमा सुन तस्करी हुँदै आएको खुलेको छ ।
एक बर्षमा ८६ करोड कित्ता सेयर थपियो
१७ साउन, २०७४
एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार
१७ साउन, २०७४
‘बराबर मत, आधाआधा कार्यकाल’
१६ साउन, २०७४
शुल्क घटेपछि केरुङ नाकाबाट आयात सुरू
१६ साउन, २०७४
मृत अवस्थामा गैंडा भेटियो
१६ साउन, २०७४
पुनः जीवित भए झलकमान गन्धर्व
१४ साउन, २०७४
प्रेमकथाः अधुरो प्रेम
१४ साउन, २०७४
कथा : कान्छी त पोइला पो गइछ
१४ साउन, २०७४
मध्यरातमा एक्ली युवतीले लिफ्ट माग्दा…
१४ साउन, २०७४
नेइमार बार्सिलोना छाडेर पिएसजीमा अनुबन्ध हुने
१४ साउन, २०७४