एभरेष्ट दैनिक

निर्मल निवासमा एक्लै पारस

काठमाडौं, साउन १८ । पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवारसहित बुधबार थाइल्याण्ड जाँदैछन् । थाई एयरवेजको विमानबाट आज अपरान्ह साढे १ बजे थाइल्याण्ड जाने भएका छन् । उनीसँगै पूर्वरानी कोमल र केही सहयोगी पनि थाइल्याण्ड जाने तय भएको छ । मुटुमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित थाइल्याण्ड जान लागेका हुन् । पूर्व युवराज्ञी हिमानी यसअघि नै छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिकालाई लिएर थाईल्याण्ड गइसकेका छन् । पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई घुमाउन बैंकक जान लागेको पारिवारिक स्रोत बताएको छ । सपरिवार थाइल्याण्ड भ्रमणमा लागेपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन् ।