एभरेष्ट दैनिक

विद्युत अवराेधका हुनाको कारण प्राधिकरणकै लापर्बाही रहेको स्थानीय उपभोक्ताको आरोप

खोटाङ, जेठ १ । लगातारको विद्युत् अवरोधले स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । तीन दिनदेखि विद्युत् अवरुद्ध भई टिभी, मोबाइल, रेडियोलगायत सञ्चार उपकरण ठप्प हुँदा चुनावको परिणामका विषयमा जानकारी लिन असहज भएको नेकपा (एमाले) का युवा नेता गोपालचन्द्र आचार्यले दुखेसो पोखे । “टिभी, एफएम रेडियो र अनलाइनले अधिकांश मतदानको परिणामका विषयमा ताजा जानकारी गराइरहेको छ ”, उनले भने, “मत परिणाम हेर्न र देख्न नपाएपछि स्थानीयवासीसमेत आक्रोशित भएका छन् ।” मतगणना सुरु भएसँगै जिल्लाका सर्वसाधारणमा ‘कुन ठाउँमा कुन पार्टीको जित होला’ भन्ने चासो बढेको छ । खोटाङमा विस्तार गरिएको दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाईन तीन दिनदेखि अवरुद्ध भएको छ । पटक पटक विद्युत् अवरुद्ध हुने समस्याका कारण उपभोक्ता हैरान बनेका छन् । केही दिन विद्युत् आउने र केही दिनमै जाने समस्याका कारण स्थानीयवासी मारमा परेका हुन् । जिल्लामा पटक पटक छ । प्राधिकरणका कर्मचारीले भत्ताका लागि आफैँ विद्युत् अवरुद्ध गर्ने गरेको स्रोतको जिकिर छ ।