एभरेष्ट दैनिक

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी

काठमाडौँ,जेठ २ । जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी भएका हुन् । शाहीले १३१७ र रोकायले १३२७ मत पाएको मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले  जानकारी दिए । माओवादीले यसअघि जुम्लाकै गुठिचौर गाउँपालिकाको अध्यक्षमा पनि जित हात पारेको छ । गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारी विजयी भएका हुन् । माओवादी केन्द्र डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा पनि विजयी भएको छ ।