एभरेष्ट दैनिक

एमाले उम्मेदवार दुर्इ भोटले पराजित

डोल्पा, जेठ २ । डोल्पामा नेकपा एमालेका उम्मेदवार दुई मतको अन्तरले पराजित भएका छन् । डोल्पाको मुड्केचुला गाउँपालिका, डोल्पाको प्रमुखमा माओवादी केन्द्रका दत्तबहादुर शाहीले २ भोट अन्तरले विजय प्राप्त गरेका हुन । शाहीको ९३३ र उनको निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायको ९३१ रहेको थियो । यसैगरी जुम्लाको हिमा गाउँपालिका प्रमुखमा समेत माओवादी केन्द्रका राजबहादुर शाही ३ भोट अन्तरले विजयी भएका छन् । शाहीको १३१७ र उनको निकटतम प्रतिद्वन्द्वी एमालेकै भैरवबहादुर रोकायको १३१४ रहेको थियो ।