एभरेष्ट दैनिक

आधुनिक कृषि उपकरणको अधिकृत विक्रेता

विरगञ्ज, जेठ ७ । त्रिशक्ति ट्रेडर्सको अायोजनामा शनिबार जेठ ४ गते वीरगंजमा आधुनिक कृषि उपकरण सम्वन्धी डिलर्स मिट सम्पन्न भएको छ । विगत १५ वर्षदेखी नेपालका किसानहरुलाई आधुनिक कृषि उपकरणको बिक्री वितरण गरी सेवा पुर्याउदै आएको त्रिशक्ति टेड्रसले भारतमा निर्मित अन्तर्रािष्ट्रयस्तरका कृषि उपकरणहरु नेपालमा भित्राउदै कृषि क्षेत्रमा आधुनिकिकरण गर्न क्रियाशिल रहेको छ । विगत २ वर्षदेखी राधिका कम्पनिको हाइड्रोलिक बुमको कारोवार गर्दै आएको त्रिशक्ती टेड्रसले शनिबार सोही सम्बन्धमा वीरगंजको होटल मकालुमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राधिका हाइड्रोलिकका किशोर भाई पटेल, आशिष भाई भट्टले नेपालमा रहेको विक्रेताहरुलाई कम्पनीको उत्पादनका सम्बन्धमा जानकारी गराएको थियो । यसैगरी, कार्यक्रममा सतवन्त एग्रो पन्जावका त्रिलोचन सिंह, निर्मल प्रोडक्टका रामजी दासलगायतका व्यक्तिहरुले रोटाभेटर, मडलोडर मेशीनका सम्बन्धमा विक्रेताहरुलाई जानकारी दिएको थियो । चाचान समुहका प्रबन्ध निर्देशक सजन चाचानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिशक्ति टेड्रस वीरगंजका धुव्र साह, कृषि बैज्ञानिक डा.विश्वेश्वरप्रसाद यादवलगायतले कृषि उपकरण र गुणस्तरीयताको बारेमा मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रममा चाचान समुहका सुशान्त चाचानको सहभागीता रहेको थियो । कार्यक्रममा झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर जिल्लाका विक्रेता, कृषि प्राविधिक, अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।