एभरेष्ट दैनिक

नेपाली श्रमिकको अबस्था बुझ्न युएइ पुगेका सरकारी टोली बजेट अभाव भन्दै घुमेर फर्कियाे

सुसान आचार्य युएई । नेपाल सरकारकी उपसचिब निर्मला थापाको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार प्रबर्धन बोर्डका गरी ५ जनाको सरकारी टोली युएई फर्किएको छ । नेपाली कामदारहरुको अबस्थाबारे अध्ययन गर्न जुलाई ७ मा दिन युएई पुगेकाे साे टोली बिनाअध्ययन त्यहाँका शहर घुमेर जुलाई १३ तारिक फर्किएको हो । टोली युएई आएर घुमफीर मात्र गरेर फर्किएको र नेपाल सरकारको बजेट मात्र सक्ने काम गरेको भन्दै युएईमा रहेका नेपालीहरुले आक्रोश ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले आफुहरुले कतैबाट औपचारिक जानकारी नपाए पनि अनौपचारिक रूपमा जानकारी पाएको बताए । उनले सरकारले यस्तो कार्य बन्द गर्नुपर्ने बताए । युएई आएको टोलीले यहाँ रहेका राजनैतिक दलका भातृ संगठन , एनआरएन , नेपाल पत्रकार महासंघ लगायत करिब १०० को हाराहारीमा रहेका जिल्ला स्तरीय, जातीय स‌स्था कसैसँग पनि सुझाव संकलन गरेन । यहाँका हरेक समस्यालाई दूतावास र नेपाल सरकार समक्ष पुर्याउने संघसस्थाका प्रतिनिधिहरुसँग भेटघाट नै नगरी संकलन गरिएको सुझावले नेपाल सरकारको बजेट मात्र सक्ने छ भन्ने युएईबासी नेपालीहरुको बुझाइ रहेको छ । ‘यसरी मजदुरको नाममा हुने भ्रमण बन्द गरी त्यही रकम पिडित मजदुरहरुको उद्घारमा खर्च गर्ने हो भने केही राहतको महसुस हुन सक्छ’ बस्यालले भने । युएईमा लामो समय देखि विभिन्न छेत्रमा कार्यरत मजदुरका बिचमा रहेको हुनाले धेरै क्षेत्रका समस्या बारे जानकार रहेको र एक दिन पीडितसहित उपस्थित गराएर अन्तकृया नै गराउने योजना बनाएको भए पनि दूतावास र भ्रमणमा आएको टोली दुबैले बेवास्ता गरे पछी आफुहरु मौन बसेको गुनासो बिभिन्न सँघसंस्थाका प्रतिनिधिहरुले गरेका छन् । भ्रमणका बारेमै बोल्दै नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेलले यतिधेरै सँघसगठन रहेको युएईमा सरकारी टोलीले कुनै जानकारी नगराउनु र दुबई शहर घुमेर मात्र फर्कनुले गैर जिम्मेबार र सरकारी ढुकुटीको लुट गर्ने स्पस्ट मनसाय भएकोले सम्पुर्ण श्रमिकहरुले आक्रोश ब्यक्त गरेको बताएका छन । यसैगरी जनसम्पर्क समिती, प्रबासी नेपाली मञ्च लगायतका संघसंस्थाका प्रतिनिधिहरुले पनि सामाजिक संजाल मार्फत आक्रोश ब्यक्त गरेका छन् । सरकारको मन्त्रालय बाट आउने टोलीले मजदुरका मुद्दा पहिचान गरी सम्बोधन गर्न लाग्नुपर्नेमा यातायातको समस्या र बजेटलाई नै कारण देखाइ उम्कन खोज्नुले लज्जास्पद बनाएको उनीहरुको भनाइ रहेको छ । यसैगरी नेपाली दूतावास अबुधाबिले भ्रमण टोलिको उदेश्य बारे दूतावास समेत प्रष्ट नभएको बतायको छ । ‘उहाँहरु यहाँ आउनुभयो हामीलाई नेपाली मजदुर कार्यरत केहि क्याम्पमा लैजानुस् भन्नुभयो हामीले दुईवटा क्याम्पमा अनुमती लिएका थियौ तर टाढा भएको र बजेट अभाव भन्दै दूतावास नजिकै रहेको महिला सेल्टर हाउस र केही पीडितलाई भेटेर फ़र्कनुभयो’ दूतावासका एक कर्मचारीले फोन सम्पर्कमा बताए । नेपाली कामदारहरूको समस्या बुझ्न केहि महिना अघि मात्र सभासद् प्रभु शाहको नेतृत्वमा एक टोलि युएई आएको थियो ।त्यसैगरि बैदेशिक रोजगार प्रर्बधन बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले पनि युएई भ्रमण गरेका थिए । पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० युएई भ्रमण आएका बेला नेपालीहरुले प्रत्यक्ष भेंटी गुनासो समेत गरेका थिए । साथै युएईमा रहेको समस्याहरुको बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्ड स्वदेस फर्किएर केहि सुधार गर्न खोजे पनि युएइ मा कार्यरत नेपालीको अवस्था र दलाल हरुको कार्यसैलिमा भने खासै परिबर्तन भएको देखिदैन । नेपालमा आर्थिक बर्षको अन्त्य हुनै लाग्दा तीब्र गतिमा देखिने यस्ता भ्रमण केबल राज्यको ढुकुटी रित्याउन तयारी गरियको नाटकिय खेल भन्दै अधिकाम्स नेपालीले आक्रोश व्यक्त गरेका छन भने सरकार यसबारे मौन देखिन्छ ।