एभरेष्ट दैनिक

निर्वाचन आयुक्तले भने, ‘पुनः मतदान नरुचे कानून संशोधन गरे हुन्छ ’

जेठ २१ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भरतपुरमा पुनः मतदान चित्त बुझे कानुन संशोधन गर्न दलहरुलाई सुझाव दिएका छन् । निर्वाचन आयोगले विद्यमान कानून टेकेरै भरतपुरमा पुनःमतदानको निर्णय गरिएको भन्दै त्यसलाई पनि चित्त नबुझाउनेहरुलाई कानुन संशोधन गरी अघि बढ्न सुझाव दिएका हुन् । मतपत्र च्यातिएपछि पुनःमतदान गरिएका यसअघिका घटनाहरुमा पनि पुनःमतदान प्रक्रियाबाट नै अघि बढेकाले विगतमा ती दृष्टान्तहरु हेरेर पनि पुनःमतदान प्रक्रिया अघि बढाइएकोमा भरतपुर घटनाले खराब नजिर नबस्ने तर्क उनले गरेका छन् । ‘तर यदि त्यस्तो लाग्छ भने दलहरुले कानून संशोधन गरे भइहालछ’ उनले भने । उनले एक जना निर्वाचन आयुक्त शनिबारको निर्णयमा अनुपस्थित रहेपनि पुनस्मतदान आयोगको सर्वसम्मत निर्णय भएको उनले तर्क गरे। वीवीसीबाट