एभरेष्ट दैनिक

सूर्योदय समाज सेवा जिल्ला परियोजनाको बैठक सम्पन्न

पुष्पा महरा भक्तपुर । सूर्योदय समाज सेवा अन्तरर्गत सञ्चालन भइरहेको बेटर ब्रिक–नेपाल परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जेठ २९ गते जिल्ला समन्वय समिति भक्तपुरको सभाकक्षमा सो बैठक सम्पन्न भएको हो । बैठकमा जिल्लास्थित सरकारी निकायका प्रतिनिधिहरु स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला, जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, लुमा श्रेष्ठ, महिला विकास अधिकृत निला कुमारी घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका सीताराम खड्का, बरिष्ठ पशु विकास अधिकृत प्रभात झा, विद्यालय निरीक्षक विमलप्रसाद निरौला, सूर्योदय समाज सेवामा आवद्ध निराजन ढुंगेल, फुलमाया ग्यापक, सुविना खड्कालगायतको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता समेत गरेका स्थानीय विकास अधिकारी कोइरालाले सूर्योदय समाज सेवालाई आर्थिक वर्ष २०७४/०७५ मा परियोजना सञ्चालन गर्ने सन्दर्भमा भक्तपुर जिल्लामा रहेका इट्टा भट्टाहरुमध्ये थप पाँचवटा इट्टा भट्टामा परियोजना सञ्चालन गर्न दिने सिफारिस सहित निर्णय गरेको छ । सिफारिस गरिएका ठाउँमा गएर काम गर्दा कुनै बाधा अवरोध भए सरोकारवाला निकायमा समन्वय गरी काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा संस्थाको तर्फबाट बेटर ब्रिक–नेपाल परियोजनाबारे मनिषा मोक्तानले प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने कार्यक्रममा उठेका जिज्ञासाबारे सूर्योदय समाज सेवाका कार्यकारी निर्देशक ताराबहादुर ग्यापकले जानकारी गराएका थिए भने हिमाल लामाले कार्यक्रम स‌ंचालन गरेका थिए। संस्थाले यसअघि भक्तपुरको भक्तपुर इट्टा तथा टायक कारखाना र महाकाली सेरामिक्समा परियोजना सञ्चालन गर्दै आइरहेको छ ।