एभरेष्ट दैनिक

प्रभु साह बने शहरी विकास मन्त्री

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेर बहादुर नेतृत्वमा बनेको सरकारमा माओवादी नेता प्रभु साहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि लघु मन्त्रीमण्डल गठन गर्दा उनको मन्त्रालय तोकिएको थिएन । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल पछि साहलाई सहरी विकास मन्त्रालय दिएका हुन ।