एभरेष्ट दैनिक

यी हुन ७४ वर्षीय बडी बिल्डर जेनिस, अचम्म छ छ यिनको प्रेमकथा

क्यानबरा, उमेरले मानिसका शौखलाइ छेक्दैन । ७४ वर्षीय जेनिस लोराइनले यसको पुष्टि गरेकी छिन् । अष्ट्रेलियाको क्याबरामा आफ्ना प्रेमीसँग बस्दै आएकी यी मोडेल अहिले पनि नियमितरुपमा जिम जाने गर्छिन । त्यति मात्रै कहाँ हो र ? यो उमेरमा यिनको लक्ष्य छ थाइल्याण्डमा आयोजना हुन गइरहेको प्रतियोगितामा भाग लिने । जेनिसले ५५ वर्षको उमेरमा बडि बिल्डिङ शुरु गरेकी थिइन । त्यसअघि भने उनी स्कूलमा साइकोलोजिष्ट काउन्सिलरकारुपमा कार्यरत थिइन । सन् १९९९ मा सिडीमा उनले पहिलोपटक प्रतियोगितामा भाग लिइन । यसका लाग उनले १५ महिनाको तामिल लिएकी थिइन । अहिले ७४ वर्ष पुगिन जेनिस । तर हरेक दिन ३ घण्टा जिममा पसीना बगाउँछिन उनी । अनौठो प्रेम कथा जेनिसको पचास वर्षीय ब्वाइफ्रेण्ड छन् । विगत २६ वर्षैदेखि उनीहरु सँगै छन् । दुबैको भेट एउटा नाइट क्लबमा भएको थियो त्यतिखेर डेभिड २४ वर्षका थिए भने जेनिस ४८ की । जेनिस आफ्नो सफलताको रहस्य डेभिडलाई दिन्छिन् । आफ्नो कामलाई सर्पो ट भेटेकै कारण आफू सफल भएको उनी बताउँछन् । “डेभिडले मलाई हरेक क्षणमा प्रोत्साहन दिए । हरेक पाइलामा सहयोग गर्यो । यो नै मेरो सफलताको कथा हो ।” दोब्बर उमेरकी महिलासँग प्रेम सम्बन्धमा रहेपनि उमेरले कहिल्यै कुनै प्रभाव नपारेको दुबै बताउँछन् ।