किन खनिए सांसदहरु जनार्दन र कुलमानमाथि ?
१७ साउन, २०७४
काठमाडौं, साउन १७ । सार्वजनिक लेखा समितिको बैठकमा साँसदहरु पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् । मंगलबारको लेखा समितिको बैठकमा सांसदहरुले चिनियाँ कम्पनी राइजन इनर्जीसँग २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्न कम्पनी छनौट गर्दा भ्रष्टाचार गरेको आरोप लगाउदै सम्झौतामा प्रश्न उठाएका हुन् । बैठकमा कांग्रेस सांसद धनराज गुरुङले सबैभन्दा कम रकम प्रस्ताव गरेको कम्पनीलाई नदिई राइजनलाई दिएकोमा शंका व्यक्त गरे । सांसद गुरुङले भने, ‘कम रकम पेश गरेकोलाई विश्व बैंकले स्वीकार गरेन भनेर राइजनलाई दिइयो । यो आर्थिक अपराध हो, भ्रष्टाचार हो । यसमा अख्तियारले छानबिन गर्नु जरुरी छ ।’ एमाले सांसद आनन्द पोखरेल र पशुपति चौलागाईंले पनि कम रकम पेश गरेकोलाई ठेक्का नदिई राइजनलाई दिइयो यस प्रक्रियालाई रद्द गरी फेरि टेण्डर खोल्नुपर्ने बताउदै गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका गरे।
खाना पकाउने ग्याँसको मूल्य फेरि घट्यो
१७ साउन, २०७४
भरतपुर–१९ मा साउन २० गते पुनः मतदान हुने
१७ साउन, २०७४
क्यान्सर पीडित तामाङलार्इ कतारबाट आर्थिक सहयोग
१७ साउन, २०७४
भूमि र दलित आन्दोलनका योद्दा बल्देव रामको निधन
१७ साउन, २०७४
औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ
१७ साउन, २०७४
हत्या आरोपमा बाबु र दाजु पक्राउ
१७ साउन, २०७४
नदी नियन्त्रणका लागि नेपाल–भारत नागरिक समिति
१७ साउन, २०७४
एनसेलको फोरजी सेवा अब थप १० शहरमा
१७ साउन, २०७४
मदिरा र जुवातास बन्द गराउन महिला आन्दोलित
१७ साउन, २०७४