स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफको आलटाल
५ असार, २०७४
गोरखा, असार ५ । ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको डेढ वर्ष भइसक्दा पनि ती भवन पुनःनिर्माणमा चासो दिएको छैन । स्वास्थ्य चौकी पुनःनिर्माण नहुँदा त्रिपाल, टेन्टबाटै बिरामीलाई सेवा दिनुपरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । गत वर्ष मङ्सिरमा निर्माण सामग्री थुपारे पनि अहिलेसम्म स्वास्थ्य चौकी भवन पुनःनिर्माण सुरु नभएको नाम्जुङ स्वास्थ्य चौकी प्रमुख लीला गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “प्रिफ्यावको सामान प्रत्यक्ष घाममा नराख्नु भनेर लेखिएको छ । तर यहाँ घाममा सामान थुप्राइएको छ । सामान थुप्राएर गएका युनिसेफका कर्मचारी फर्केर पनि आएनन् ।” जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले युनिसेफलाई पटक–पटक पत्राचार गरी भवन निर्माण सक्न निर्देशन दिएको जनाएको छ । कार्यालयमा रही सङ्घसंस्था हेर्दै आएका स्वास्थ्य सहायक नानीबाबु दानीले भन्नुभयो, “युनिसेफले काम गर्न नसक्ने हो भने अरु संस्थालाई काम दिन्छौँ । काम गर्न नसक्ने हो भने सक्दिन भन्नुप¥यो ।” सन् २०१६ मा भवन निर्माण सक्ने गरी जिम्मेवारी लिएको युनिसेफले अझै स्वास्थ्य चौकी भवन निर्माणलाई तीव्रता नदिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भवन निर्माण नगरी अलपत्र छाडेकोबारे प्रतिक्रिया लिँदा युनिसेफका कर्मचारीले आफूहरुले सूचना दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् । भूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य चौकी क्षति पु¥याएको थियो । यीमध्ये पाँच वटा असल छिमेकी नेपाल पोखराले पुनःनिर्माण गरिसकेको छ । केयर नेपाल, आइएमसीलगायत विभिन्न सङ्घ संस्थाले पनि स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन् । पक्की भवन निर्माण गर्न ढिलो भइसक्दा पनि अर्धपक्की भवन निर्माण सकिएको छैन ।
दस दिनदेखि लामिछाने बेपत्ता
५ असार, २०७४
अचानक करेन्ट लागेर मृत्यु
५ असार, २०७४
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
५ असार, २०७४
मनोनयन गर्न जाँदा माओवादी उम्मेदवारको हत्या
५ असार, २०७४
अछामका ३ तहमा काँग्रेस र माओवादीको तालमेल
५ असार, २०७४
फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द
५ असार, २०७४
स्थानीय तहका लागि तीन दर्जन नमुना कानुन
५ असार, २०७४
कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ: ओली
३ असार, २०७४
राजमार्गमा राती गाडी चलाउन रोक
३ असार, २०७४
हत्या आरोपीलाई क्षतिपूर्ति
३ असार, २०७४
न तात्यो आन्दोलन, न चुनावी सरगर्मी
३ असार, २०७४
सीके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा
३ असार, २०७४
चुनाव लड्न अस्पताल विकास समितिबाट राजीनामा
२ असार, २०७४