एभरेष्ट दैनिक

जेलमा ठूलो हमला, ११ को मृत्यु, भागे ९ सय बढी कैदी

जेठ २९ । डिआर कंगोको अशान्त पूर्वी प्रान्तको एक कारागारमा अज्ञात व्यक्तिहरुले हमला गरेका छन् । हमलामा ११ जनाको मृत्यु भएको छ भने नौ सय बढी कैदाीहरु भागेका छन् । आइतबार भएको हमला उत्तरी किबु प्रान्तमा भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।