एभरेष्ट दैनिक

उमेर ढाँटेकाले भारतमा एक विद्यार्थी पक्राउ

नयाँदिल्ली, जेठ २० । पूर्बी भारतको विहार प्रदेशको एउटा परीक्षामा सर्वोच्कृष्ट अङक ल्याएका एक जना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् । उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । गणेश कुमार नामका एक विद्याथीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहान प्रदेश मै सबैभन्दा धेरै अङ्क ल्याएका थिए । दुई सन्तानका बाबुसमेत रहेका उनले आफ्नो उमेर ४२ वर्ष भएपनि ढाँटेर २४ बनाएको अभियोग लगाइएको छ । “उहाँले विहार विद्यालय परीक्षा बोर्डमा आफ्नो उमेर ढाँटेर दुरुपयोग गरेको पाइएको छ,” एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार भन्नुभयो । बोर्डका अध्यक्ष आनन्दकिशोरले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “कुमार, जो कक्षा १२ को परीक्षामा सबै भन्दा धेरै अङक ल्याउनुभएको थियो, उहाँको उमेरका बारेमा टिप्पणी गर्दै उजुरी परेपछि उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।”