बिनानिष्कर्ष सकियो राप्रपाको बैठक, शुक्रबार पुनः बस्ने
२६ बैशाख, २०८१
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ। बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए। अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ। सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन्। यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि सो मागमा रहेको छ । यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताए।“पशुपतिजी पनि आउनु भएन। सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उनले भने।
वीर अस्पतालमा दाँतको उपचार गराउँदै प्रधानमन्त्री
२६ बैशाख, २०८१
माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन
२६ बैशाख, २०८१
डेढ वर्षपछि भारतमा चीनका नयाँ राजदूत
२६ बैशाख, २०८१
आज सुनचाँदीको मूल्य स्थिर
२६ बैशाख, २०८१
आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री
२६ बैशाख, २०८१
राप्रपा संसदीय दलको बैठक बस्दै
२६ बैशाख, २०८१
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज
२६ बैशाख, २०८१
यस्तो आजको विनिमय दर
२६ बैशाख, २०८१
आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन
२६ बैशाख, २०८१