एभरेष्ट दैनिक

विमान र बस दुर्घटनामा ज्यान गुमाउनेप्रति सरकारबाट फरक व्यवहार भएको गुनासो

काठमाडौं । साउन ९ गते विहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान धावन मार्गमा दुर्घटना भयो। गैरव्यावसायिक उडानमा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ ।उनी उपचारका क्रममा छन् । उनको अवस्था खतरामुक्त भएको चिकित्सकले बताएका छन् । सो दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले क्याविनेट बैठकमा जानकारी गराए र सामाजिक सञ्जालमा उनले घटनास्थल पुगेको, अस्पतालमा गएर पाइलट भेटेको भनेर लेखेका छन्। उनले पाइलटको अवस्था खतरामुक्त रहेको पनि उल्लेख गरेका छन्। असारको अन्त्यमा चितवनको सिमलतालमा लेदो पहिरोले बगाउँदा मध्यराती यात्रुबाहक  दुइवटा बस त्रिशूली नदीमा वेपत्ता भए त्यस घटनामा ६२ जना नागरिकको मृत्यु भयो भने १३ दिनसम्म पनि दुइवटा बस भेटिएका छैनन्। सरकारले हालसम्म त्यस घटनामा मृत्यु भएका नागरिकको लागि राष्ट्रिय शोक घोषणा गरेको छैन र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छैन्।सो स्थानमा प्रधानमन्त्री सहित अन्य मन्त्रीहरू पनि पुगेका छैनन्।दुर्घटनामा निधन हुनेका परिवारले गुनासो गरेका छन् -'हामीले नत आफन्तको लास देख्न पायौं, नत राज्यबाट सहानूभूति नै ।' दुई घटनामा राज्यले गरेको व्यवहारबारे सर्वसाधारणको आपत्ति र आक्रोश देखिएको छ। जहाज चढ्ने र गाडि चढ्ने नागरिकबारे राज्यले विभेद गरेको भनेर आलोचना भएको छ। सामाजिक अहिले जहाज दुर्घटनाको पिडासँगै देशभर भएका सवारी दुर्घटनाका घटनालाई राज्यले एकै रुपमा लिनूपर्ने र हरेक व्यक्तिको मृत्युको पिडालाई राज्यले समान रुपमा लिनुपर्ने आवाज उठेको छ । यद्यपी सडक दुर्घटनामा प्रायजसो देशको मात्रै ध्यान जाने गर्दछ भने हवाई दुर्घटनाले विश्वको ध्यान खिचेको हुन्छ। नेपालमा हरेक वर्षजस्तो भइरहेका दुर्घटनाले यहाँको हवाई सुरक्षाप्रति विश्वको ध्यान खिचिएको छ।