नयाँ सदस्यता सूचि लुकाइएको भन्दै पत्रकार महासंघका ३ जना केन्द्रीय सदस्यद्वारा बिरोध
२५ माघ, २०७३
काठमाडौं, माघ २३ । नेपाल पत्रकार महासंघमा नयाँ थपिएका सदस्यहरुका बारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी नदिएको भन्दै तीनजना केन्द्रीय सदस्यले सार्वजनिक वक्तव्य जारी गर्दै बिरोध गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, दीपेन्द्र कुँवर, रोशन पुरी र माधव दुलालले संंयुक्त विज्ञप्ती जारी गर्दै नयाँ थपिएका सदस्यहरुको सूचि केन्द्रीय समितिको बैठकबाट पारित गराउनुपर्नेमा लुकाउन खोजिएको आरोप लगाएका छन् । ‘सामाजिक सञ्जालदेखि मञ्चहरुमा पत्रकार महासंघको सदस्यता गैर पत्रकार र गैर नेपालीले समेत पाएको भनेर चर्चा चलेको बेला यो विषय पारदर्शी ढंगले अघि बढ्नुपर्नेमा नेपाल पत्रकार महासंघको केन्द्रमा समेत यसलाई अपारदर्शी ढंगले भागबण्डाका रुपमा अगाडि बढाउने काम भैरहेको उनीहरुको आरोप छ ।’ छ । संयक्त विज्ञप्तीमा भनिएको छ– “को सदस्य बन्दैछ रु त्यो सिंगो केन्द्रीय समितिलाई थाहा छैन । सामान्यतः नयाँ बन्ने सदस्यको सूचि केन्द्रीय समितिमा पेश भएर पारित हुनुपर्ने हो । तर त्यो काम अहिलेसम्म पनि भएको छैन । र, यो पुरै नियोजित छ ।” नेपाल पत्रकार महासंघको अधिवेशन पूर्व हुन लागेका जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पनि सदस्यताबारे केन्द्रीय सदस्यलाई जानकारी नदिनु गलत भएको भन्दै उनहिरुले तत्कालै नयाँ सदस्यबारे सबैलाई सार्वजनिक जानकारी दिन माग गरेका छन् । पुष २७ गतेको बैठकले नयाँ सदस्यताबारे सचिवालयमा छलफल गरी उपलब्ध केन्द्रीय समितिमा छलफल गर्ने निर्णय गरेको भएपनि त्यसको कार्यान्वयन नभएको संयुक्त वक्तव्यमा भनिएको छ, “समय घर्काउँदै हामीलाई असहमति राख्ने अधिकार पनि नदिने, सूचि पनि नदिने बरु चुनावको मिति नजिक ल्याएर थकाउने योजना बनाएको हाम्रो बुझाई छ उनीहरुले भनेका छन्– गैरले सदस्यता नपाओस, श्रमजीवी पत्रकार बाहिर नपरोस, काम पारदर्शी ढंगले होस ।
बागलुङमा ‘फुटसल’ सुरु
२५ माघ, २०७३
विपद् जोखिम न्यूनीकरणको लागि सडक नाटक
२५ माघ, २०७३
सामुदायिक वनमा काठ तस्करी बढ्यो
२५ माघ, २०७३
निजी विद्यालयहरु बिना अनुमति कक्षा थप्छन्
२५ माघ, २०७३
स्थानीयवासीले लगाए गौशाला नगरपालिकामा ताला
२५ माघ, २०७३
राप्रपाको जिल्ला अधिवेशन सुरु
२५ माघ, २०७३
केन्जिङमा हाइड्रोपावर बन्ने
२५ माघ, २०७३
पत्रकार बोहराकी पत्नीलाई सहयोग
२५ माघ, २०७३