पाल्पामा जिप दुर्घटनाः चारको मृत्यु, ११ घाईते
२५ माघ, २०७३
पाल्पा,माघ २५ । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो । लु १ ज २६८९ नंको जिप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मि भिरमा खसेको थियो । रासस
पशुपतिको जग्गा मनपरी अरुलाई बाड्ने तयारी
२५ माघ, २०७३
९० प्रतिशतको मृत्युको कारणः प्रदूषण
२५ माघ, २०७३
भारतको सहमतिपछि दार्चुलामा दुई पुल बन्दै
२४ माघ, २०७३
यस्तो छ गगन थापासँग कालीकोटवासीको माग
२४ माघ, २०७३
हुर्रे जितियो !
२४ माघ, २०७३
झापा गोल्डकपको उपाधी मनाङलाई
२४ माघ, २०७३
पादरीहरुले नै गर्नथाले बालयौन शोषण
२४ माघ, २०७३
म महिलालाई सहयोग गर्छु : नेता सिंह
२४ माघ, २०७३
घुसलिँदै गर्दा इन्जिनियर रंगेहात पक्राउ
२४ माघ, २०७३
शिक्षक बनाउन यस्तो चलखेल
२४ माघ, २०७३