एभरेष्ट दैनिक

बच्चाले ब्रेक लगाएर रोके बस, जोगियो ठूलो दुर्घटना

ग्वालियर, मध्यप्रदेशको ग्वालियरमा एकजना बच्चाको सतर्ककता र फूर्तिका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । स्कूलबाट फर्किरहेको नीजि स्कूल बस अर्को बससँग ठोक्किन पुगेपछि बसका चालक बाहिर खसेका थिए । बस अनियन्त्रित हुन पुग्दा त्यसमा रहेका एकजना बालकले ब्रेक लगाएर बसलाई नियन्त्रणबाहिर जानबाट रोकेपछि दुर्घटना टरेको हो । दुबै बस एक आपसमा ठोक्किँदा आधा दर्जन बच्चा, बस ड्राइभर र क्लिनर घाइते भएका छन् । घाइतेहरुको जयारोग्य अस्पतालमा उपचार भइरहेको छ। ड्राइभरले मोबाइलमा कुराकानी गर्दै बस चलाएका कारण दुर्घटना भएको बताइन्छ । मोबाइलमा कुराकानी गरिरहेको बेला बस गलत साइडमा मोडिएर अर्को बससँग जुध्न पुगेपछि ड्राइभर तल खसेका थिए । ड्राइभरबिहिन भएको बस अनियन्त्रित हुन पुगेपछि एकजना बालकले बसको ब्रेक लगाएका कारण बस अरु सवारी साधनसँग ठोक्किन पाएन ।