सिके राउतका एक्काइस समर्थक पक्राउ
२२ माघ, २०७३
लहान, माघ २२ । डा सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै आज सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इप्रका लहानमा राखिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले छाड्ने वा मुद्दा लगाउने विषयमा अहिले के भन्ने निक्र्यौल भइनसकेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । डा राउतको समर्थनमा थप जुलुस प्रदर्शन गर्न नदिन लहानमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । गत माघ ५ गते लहानमा भएको बलिदानी दिवसको सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार राज्यविरुद्ध अपराधको आरोपमा राउतलाई जनकपुरबाट पक्राउ गरी आजै सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको छ । रासस
राजेश हमालसँगै छमछमी नाचे नुवाकोटवासी
२१ माघ, २०७३
अस्थायी शिक्षकका माग सम्बोधन गर्न पहल
२१ माघ, २०७३
अर्चना पनेरुको रेट साढे चार करोड !
२१ माघ, २०७३
सञ्चारकर्मी बरालको ‘लभ पर्न सक्छ’
२१ माघ, २०७३
तीन सय ६३ जनाकाे निःशुल्क गर्भपतन
२१ माघ, २०७३
अवैध सुनसहित दाहाल एयरपोर्टमा पक्राऊ
२१ माघ, २०७३
सिके राउतका २१ कार्यकर्ता पक्राउ
२१ माघ, २०७३
आधुनिक सुनचाँदी पसलमा अनौठो प्रकारले चोरी
२१ माघ, २०७३
झापा ११ फाइनलमा, हार्यो हिमालयन शेर्पा क्लब
२१ माघ, २०७३