ठेकेदारले चलाउँछन् सामुदायिक वन
१७ माघ, २०७३
डोटी, माघ १७ । सामुदायीक वन हुर्काउने, बढाउने र संरक्षण गर्ने मुख्य जिम्मेवारी हुन्छ उपभोक्ताको । त्यसपछिको दायित्व वन कार्यालयका कर्मचारीको हो । तर यहाँका सामुदायीक वनमा उपभोक्ता कर्मचारीभन्दा ठेकेदार बढी सक्रिय भेटिन्छन् । सामुदायीक वनको काठ, दाउरा संकलन तथा बिक्री विरतण निर्देशिका २०७१ अनुसार सामुदायिक वनहरुले प्रक्रिया पुर्याएर संकलन गरेका काठ दाउरा बिक्रीका लागि टेन्डर खोलेपछि मात्र ठेकेदार, उपभोक्ता र वनका कर्मचारीको सम्बन्ध जोडिनुपर्ने हो । सामुदायिक वनको दर्ता प्रक्रियादेखि उपभोक्ताहरुको बैठक बसाल्न, पदाधिकारी चुन्न, दण्ड जरिवाना तिराउन, वनको स्रोत परिचालन गर्न समेत ठेकेदारको भूमिका पाइएको छ । सामुदायिक वनमा कोष नभएको मौका छोपी ठेकेदारहरुले सहयोग गरेजस्तो गरेर आफूखुसी निर्णय गराउने गरेको सामुदायिक वन उपभोक्ता महासंघ डोटीका अध्यक्ष कृष्ण मलासीले बताए । यो खबर आजको कान्तिपुरमा छ ।
सार्क सम्मेलन आयोजना गर्न पाकिस्तान तयार
१७ माघ, २०७३
कुलेश्वरमा आगलागी, डेढ घण्टामा नियन्त्रण
१७ माघ, २०७३
सुब्बाको आवेदन भर्न अब तीन दिनमात्र बाँकी
१६ माघ, २०७३
कति गहरुङ्गो !
१६ माघ, २०७३
जसरी नि पहिरो त रोक्नु पर्यो !
१६ माघ, २०७३