बनेपा–पनौती सडक अवरुद्ध
९ माघ, २०७३
काभ्रेपलाञ्चोक, माघ ९ । बनेपा–पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नु परेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक खुलाउन वार्तामा बस्न लागिएको जानकारी दिँदै नगरपालिकाले लामो समयसम्म धुलो उड्ने क्षेत्रमा नियमित पानीको व्यवस्था गरेपनि सरोकार भएकाहरुले ध्यान नदिएको आरोप लगाए । उनले सडक विभागले यही माघ १३ गतेदेखि नै सडक मर्मतको काम सुरु गर्ने आश्वासन दिएकाले स्थानीयवासी सङ्घर्ष समिति, टिपर व्यवसायी सङ्घ र खानी विभागबीच सहमति हुने विश्वास व्यक्त गरे । पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापाले विगतमा जनतासँग भएको सहमति लागू गर्न आग्रह गरे । विभिन्न सङ्घसस्था र राजनीतिक दलबीच बनेपा–पनौती सडकमा भएको खाल्डाखुल्डी पुर्ने, धुलो उड्न नदिन पानीको व्यवस्थापन गर्ने लगायत सहमति पटक पटक भएको थियो ।
तोडियो बेनी–जोमसोममा यातायात सिन्डिकेट
९ माघ, २०७३
बीर शमशेरको पालामा बनेको ढल भत्काएपछि…
९ माघ, २०७३
एउटाको मुद्दामा अर्कै पक्राउ परेपछि
९ माघ, २०७३
शिक्षक छैनन, पियनले चलाऊँछिन कक्षा
९ माघ, २०७३