नेपाल, भारत र बङ्लादेशमा पानीको अवस्था बुझ्न भ्रमण टोली
१६ माघ, २०७३
नवलपरासी, माघ १६। नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्नेछन् । आगामी फागुन ५ गतेदेखि नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुनेछ । करिब १५ दिनसम्म तीनै देशमा पुगी टोलीले एक अर्काको देशको जल अवस्थाबारे छलफल गर्नेे भ्रमण टोलीमा सहभागी हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति, नवलपरासीका सचिव दूधनाथ गुप्ताले जानकारी दिनुभयो । सो टोलीमा प्रत्येक देशबाट एक एकजना एक्सन एडका प्रतिनिधि, जलको क्षेत्रमा काम गर्ने निकायबाट एकजना र अन्य तीन तीनजना जल अभियानकर्मी रहने छन् । सो भ्रमणका लागि एक्सन एडले आर्थिक सहयोग गरेको छ । रासस
फागुन १ गतेदेखि मुटुरोग उपचार निःशुल्क
१६ माघ, २०७३
बिहानै त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता
१६ माघ, २०७३
बारको आकस्मिक बैठक, देशव्यापी आन्दोलन गर्ने
१६ माघ, २०७३
प्रधानन्यायाधीशविरुद्ध खनियो बार
१६ माघ, २०७३
ऋण काढेरै जलविद्युत्मा सेयर लगानी
१६ माघ, २०७३
‘कमन म्यान’ मनबीरले जीते बिग बोस सिजन-१०
१५ माघ, २०७३
यमबुद्धको शवको अन्त्येष्टि गरियो जन्मभूमीमा
१५ माघ, २०७३
आहा रारा गोल्डकपको उपाधि मनाङले जित्यो
१५ माघ, २०७३
सबै रास्ट्रवादी एक हुन विप्लवको आव्ह्वान
१५ माघ, २०७३