एभरेष्ट दैनिक

सृष्टि र सौगातको ब्रेकअप बारेमा सौगातले मुख खोले

माघ १५ । नेपाली चलचित्रका अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग भर्स्टाइल अभिनेताको राम्रो छवि बनाउन सफल भएका सौगात मल्लको प्रेम प्रसंगको खबरले बजारमा राम्रै चर्चा पाइरहेको छ । पछिल्लो दिनहरुमा यी दुई जोडीको प्रेम लामो समय टिक्न सकेन भन्दै उनीहरुकोे प्रेममा ब्रेकअप आएको भन्दै सिने वृत्तमा हल्ला चल्न थालिसकेको छ । यसैबीच संचारमाध्यमको अगाडि सौगातले आफ्नो मुख खोलेका छन् । सृष्टि र सौगातबीच यति धेरै प्रेम र माया छ कि उनीहरु हरेक दिन औपचारिक वा अनौपचारिकरुपमा मोबाइलमा धेरै पटक संवाद भइरहन्छ । यस्तो हामी बीच ब्रेकअप हुने सम्भावना नरहेको भन्दै खुलासा गरेको छ सौगातले । यही कुरामा सृष्टिले पनि आफ्नो प्रेमसम्बन्ध गाढा रहेको भन्दै दाबी गरेकी छिन् । ब्रेकअपको हल्ला भनेको मिडियाले फण्डा बनाउने कुरामात्र भन्दै उनले यसका कुनै सत्यता नभएको समेत जिकिर गरे ।