एभरेष्ट दैनिक

मुम्बई एयरपोर्टमा दुबईबाट तस्करी गरिएको ८ किलो सुन पक्राऊ

मुम्बई, माघ ११ । पछिल्लो दुई दिनमा बिभिन्न व्यक्तिहरुले लुकाएर ल्याएको ११ किलो सुन मुम्बई विमानस्थलमा पक्राउ परेको छ । यसको मूल्य भारतीय रुपैयाँ सवा दुई करोडभन्दा बढी रहेको बताइन्छ । मुम्बई प्रहरीले तीनजनालाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ । मिडिया एजेन्सीहरुले उल्लेख गरे अनुसार, सुन तस्करहरुले दुबईदेखि ल्याइरहेको राशिद, इरफानभाई राणा र अब्दुलसलीमलाई पक्राउ गरेको जनाएका छन् ।