एभरेष्ट दैनिक

ट्रम्प मेरो पछाडी पागल थियोः अभिनेत्री क्रिश्टन स्टुअर्ट

एजेन्सी । हलिउड अभिनेत्री क्रिस्टन स्टुअर्टले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनको पछाडी पालग भएको बताएकी छिन् । ट्रम्पले पनि स्टुअर्टको निजी जीवनबारे केही टिप्पणी समेत गरेका थिए । स्टुअर्टले एउटा वेवसाइट लाई केही समय अघि ट्रम्प आफ्नो पछाडी पागल भएको बताएकी थिइन् । ट्रम्पको सपथ ग्रहणको क्रममा स्टुअर्टले आश्चर्य व्यक्त गरेकी थिइन् । उनको निजी विषयमा ट्रम्पले सन् २०१२ मा एउटा ट्वीट गर्दै क्रिश्टिनले व्वायफ्रेन्ड रार्वट पैटिन्सनलाई धोखा दिएकाले रोवर्ट क्रिश्टनबाट टाढा भएकै राम्रो बताएका थिए । क्रिस्टनले रोर्वटलाई फेरी धोखा दिने दावी गर्दै र फेरी सम्बन्धमा नबाँधिन रोवर्टलाई सल्लाह दिएका थिए । ट्रम्पको उक्त ट्वीटबारे क्रिश्टनसंग प्रश्न गर्दा ट्रम्प त्यतिबेला एक रियालिटी स्टार भएका कारण आफुसंग भन्न केही नभएको बताइन् ।